यस्ता पो अभिनेता

- साप्ताहिक संवाददाता

जेष्ठ २२, २०७५

यतिबेला चलचित्र क्षेत्रमा ती अभिनेताहरूको बोलवाला छ, जो रंगमञ्चमा खारिएर रजतपटमा उदाएका छन् । सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछानेसहित झन्डै आधा दर्जन अभिनेता नाटकमा जमेपछि चलचित्रमा आएका हुन् ।

यद्यपि एक जना यस्ता अभिनेता पनि फेला परेका छन्, जो चलचित्र तथा म्युजिक भिडियोमा स्थापित भएपछि रंगमञ्चतर्फ आकर्षित भएका छन् । ती अभिनेता हुन्– प्रदीप बाँस्तोला । गायक तथा संगीतकारका समेत छवि बनाइसकेका प्रदीपलाई दर्शकहरू फिगर कोकाकोला... ब्वाइका रूपमा चिन्छन् । चलचित्र अधकट्टीमार्फत रजतपटमा पदार्पण गरेका प्रदीपले यो अविधमा थप केही चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

अहिले भने उनी सांस्कृतिक संस्थानले मञ्चन गरिरहेको नाटक अश्वेतमा मुख्य भूमिका निर्वाह गरिरहेका छन् । उक्त नाटकमा प्रदीपले भिन्न–भिन्न चरित्र निर्वाह गरेका छन् । राम केएसीद्वारा निर्देशित नाटक अश्वेतमा दर्शकले आफ्नो भूमिकाको प्रशंसा गरेको बाँस्तोला बताउँछन् । भोलि शनिबारसम्म मञ्चन हुने उक्त नाटकमा काम गरेपछि आफूमा कन्फिडेन्स बढेको बाँस्तोलाको भनाइ छ । 

 

प्रकाशित :जेष्ठ २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्