टापुमा पहिलो पटक

- एजेन्सी

जेष्ठ २२, २०७५

ब्राजिलको एक टापुमा सन्तान जन्माउन लगाइएको प्रतिबन्धका बाबजुद एक महिलाले सन्तान जन्माएकी छिन् । ब्राजिलको फर्नान्डो डी नोरोन्ना द्वीपमा पछिल्ला १२ वर्षयता कुनै पनि महिलालाई त्यहाँ सन्तान जन्माउन प्रतिबन्ध लगाइएको छ ।

वन्यजन्तु आरक्षण क्षेत्रमा पर्ने उक्त द्वीपमा ३ हजार मानिसको बसोबास छ । उक्त द्वीपमा कतै पनि प्रसूति वार्ड नभएका कारण स्थानीय प्रशासनले सन्तान जन्माउन प्रतिबन्ध लगाएको हो । २२ वर्षीया ती महिलाले आफ्नो नाम र वतन गोप्य राख्ने सर्तमा स्थानीय ओ ग्लोबो पत्रिकालाई आफूले त्यहाँ सन्तान जन्माएको जानकारी दिएकी थिइन् । उनका अनुसार उनलाई आफू गर्भवती थाहा थिएन तर शौचालय जाँदा योनिबाट केही खसेजस्तो लागेपछि श्रीमान्लाई बेलाउँदा बच्चा जन्मिएको रहस्य खुल्यो । अहिले ती आमा र नवजात शिशुलाई नजिकको सहरमा अवस्थित अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित :जेष्ठ २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्