तपाईंको राशिफल कत्तिको मिल्छ ?

- साप्ताहिक संवाददाता

जेष्ठ २२, २०७५

धान लाभ भनेर लेखिएका बेला धन हानि हुन्छ अनि स्वास्थ्य हानि भनेर लेखिएको बेला स्वास्थ्यमा सुधार आउँछ । यसरी कहिल्यै नमिल्ने भएकाले राशिफल हेरिँदैन । 

बोधनाथ पौडेल

हावा, कहिल्यै मिल्दैन । 

ओहो ! आजको राशिफल त राम्रो छ, आज त केही होला कि भनेर सोच्छु तर त्यही दिन नराम्रो घटना हुन्छ । त्यसैले मैले राशिफल हेर्न छोडें । 

सन्दीप सुवाल

प्रियजन भेट र आकस्मिक लाभबाहेक अरू सबै मिल्छ ।

सुवास कुँवर

राशिफल त खासै हेरिंदैन ।

सिर्जना राई

अलि–अलि मिल्छ, पूरै चाहिँ मिल्दैन ।

युरिकराज नेपाली

केही पनि मिल्दैन, सब बकबास ।

पुष्कर भण्डारी

मिल्दै–मिल्दैन, के मिल्नु ?

ऋषिराज काफ्ले

सधैं हेर्छु । कर्म गर्न छोड्दिन, जे हुने हो हुँदै जान्छ ।

पूर्ण क्षेत्री

मिल्दैन ।

सुशील तिवारी, प्रकाश गिरी

मिल्ने भए के यस्तो डौडधूप गर्नु ? 

डल्ली कान्छी 

मिल्छ कहिलेकाहीँ, प्राय: मिले–मिले जस्तो पनि हुन्छ ।

सूर्य बाबु

खै कहिल्यै मिल्दैन ।

रोशन आचार्य

कन्या राशि भए पनि कन्या मिलेन । त्यसमाथि सधैं लेखिएको हुन्छ, प्रेममा सफलता ।

हरामी बाहुन पुरु

कत्ति मिल्दैन, राशि १२ तर मानिस ७ दशमलव ४ बिलियन । एउटा राशि शून्य दशमलव ६१६ बिलियन मानिसलाई कसरी मिल्नु ?

दीपक नेपाल

राशि मिल्छ, फलचाहिँ मिल्दैन ।

केपी गौतम

फिटिक्कै मिल्दैन ।

अजनवी

राशिचाहिँ मिथुन हो, फलचाहिँ २० वर्ष भो, एक चोटि पनि पाएको छैन ।

आदेश पोखरेल

आफ्नो त राशि नै थाहा छैन, कुन हो ? ज्योतिषअनुसार फरक–फरक भन्छन् ।

अनुप राना

कत्ति पनि मिल्दैन । जे लेख्या हुन्छ त्यो त झन् हुँदै हुँदैन ।

सुजन पौडेल

एक प्रतिशत पनि मिल्दैन । 

आदेश पोखरेल

आफ्नो महिनामा एक पटक तलब आउँछ । राशिफलमा महिनामा १० पटक धन प्राप्ति लेख्या हुन्छ । के मिल्छ भन्नु, के मिल्दैन भन्नु ? त्यही तलब आउने दिनचाहिँ अपव्यय वा धन नाश लेखिएको हुन्छ । 

एस केसी

धेरैजसो मिल्छ । 

समृद्धि बराल

बकबास लाग्छ । 

निशान पीडित

सय प्रतिशतमा १ प्रतिशतजति मिल्छ । अब विवाह नभएका केटाकेटीको राशिमा सन्तान प्राप्ति लेखिएको हुन्छ, कति हाँस्नु ?

मनोजकुमार तामाङ

मिल्छ तर उल्टो । 

गणेश थापा मगर

यो राशिफल लेख्नेहरूले कसलाई हेरेर लेख्छन् ? एउटा मिल्दैन । एउटै कुरा हप्ता दिनपछि फेरि दोहोरिन्छ । 

विक्रम क्षेत्री

कहिलेकाहीँ मिल्दो रहेछ ।

कृष्णराज श्रेष्ठ

 

प्रकाशित :जेष्ठ २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्