फेसन नोभाको तयारीमा द क्रिएसन

- साप्ताहिक संवाददाता

जेष्ठ २१, २०७५

द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले जेठ २५ गते शुक्रवार अन्नपूर्ण होटलमा ‘फेसन नोभा २०१८ : सिजन ७’ आयोजना गर्ने भएको छ । 

द क्रिएसनले आइतबार जारी गरेको प्रेस विज्ञप्ती अनुसार उक्त फेसन शोका लागि अडिसनमार्फत छनोट भएका मोडलहरुलाई कोरियोग्राफर प्रशान्त ताम्राकार तथा कलाकार रक्षा श्रेष्ठले मोटिभेसनल तथा ग्रूमिङ क्लास लिइरहेका छन् ।

फेसन शो मार्फत डिजाइनरहरुको खुबीलाई प्रस्फुटन गरिने फेसन शोकी संयोजक जेनिफर बज्राचार्यको भनाइ छ ।

फेसन शोका लागि डिजाइनरहरु निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले आकर्षक पहिरनहरु तयार पारिरहेका छन् ।

डिजाइनरहरुले फेसन शोका लागि विभिन्न सात वटा थिममा विशेष डिजाइन तयार पारिरहेका छन्् । जसमा ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिष्टिक, ब्राइडल तथा कक्टेल वेयरका विशेष डिजाइन हुने छन् ।

कलाकार रेनुका सिंह ठकुरी, अभिनेत्री तथा मोडल ज्योत्सना योगी, अभिनेता पृथ्वीराज प्रसाईं, मोडल दीपक घिमिरे, अभिनेत्री एलिजा धमला, रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा अभिनेता/कोरियोग्राफर प्रशान्त ताम्राकारले ती सात वटा थिममा सिक्वेन्स स्टपर्सको रुपमा क्याटवाक गर्ने छन् । फेसन शोमा पहिलो मिस नेपाल रुवी राणा शाह शो–स्टपर्सको रुपमा प्रस्तुत हुने छिन् ।

फेसन शोलाई मोडल तथा कोरियोग्राफर विपना थापाले कोरियोग्राफी गरिरहेकी छिन् भने मेकअप आर्टिष्टको रुपमा निलम पौडेल रहने छिन् ।

 

प्रकाशित :जेष्ठ २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्