कल्पना बनिन् मिसेस् नेपाल एलिगेन्स

- साप्ताहिक संवाददाता

जेष्ठ २१, २०७५

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको दुई फरक तर एउटै मंचमा आयोजना भएको प्रतियोगिता मिसेस् नेपाल एलिगेन्स २०१८ तर्फ दाङकी कल्पना श्रेष्ठ (रोयल) ले उपाधिको ताज पहिरिन सफल भएकी छिन् ।

र्‍याम्प जोनद्धारा आयोजना गरिएको सो प्रतियोगितामा  कल्पनाले पोजिटिभ  एटिच्युडको उपाधि पनि जितेकी थिइन् । प्रतियोगितामा काठमाडौंकी सविना महर्जन मिसेस फोटोजेनिक अवार्ड सहित फस्ट रनर अप तथा जनकपुरकी लक्ष्मी शर्मा सेकेन्ड रनरअप चयन भएका थिए ।  प्रतियोगितामा कुमारी गुरुङ मोस्ट पपुलर, भिवर्स च्वाईस र बेस्ट फिटनेश, रुमा शाक्य बेस्ट क्याटवाक र बेस्ट पर्सनालिटी, गृष्मा प्रधान बेस्ट स्माईलको अवार्ड बिजेता बन्न सफल भए । यस्तै शोभा श्रेष्ठ मोस्ट फ्रेन्डली, बिना गुरुङ सिवाकोटी बेस्ट हेयर, मानमती कार्की मोस्ट डिसिप्लेन, मञ्जु क्षत्री मोस्ट व्युटीफुल र मन्दिरा केसी बेस्ट स्किनसँगै मोस्ट ट्यालेन्ट घोषित भए । 

यसैगरी सोही मंचमा एम्पेरियल क्वीन इभेन्ट्सको ब्यानरमा संचालन भएको मिस एलिगेन्स नेपाल २०१८ तर्फ मोनिका श्रेष्ठले वेष्ट वाक तथा वेष्ट ड्रेसको अवार्ड सहित शीर्ष उपाधिको ताज पहिरिन् ।

प्रतियोगितामा अन्जली थापा ब्युटी विथ ब्रेन उपाधि सहित फस्ट रनर अप तथा सफलता शर्मा मोस्ट फोटोजेनिक सहित सेकेन्ड रनर अप छनौट भएका थिए भने विपना थिङ लामालाई एम्पेरियल क्वीन अफ द इभेन्टको उपाधि प्रदान गरिएको थियो ।  प्रतियोगितामा महेश्वरी नाथ योगि वेष्ट पर्सनालिटी, विपना लामा ट्यालेन्ट, सरिष्मा काफ्ले डिसिप्लीन, सुष्मिता उप्रेती फ्रेन्डशीप अवार्डमा विजेता चयन गरिएका थिए । 

प्रकाशित :जेष्ठ २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्