विवाहको सम्झना

- एजेन्सी

जेष्ठ २०, २०७५

बेलायतका राजकुमार ह्यारी र मेगान मार्केलको विवाह हुदाँ हजारौं पर्यटक विवाह समारोह हेर्न लन्डन पुगेका थिए भने विवाह समारोह हेर्न आउनेहरूलाई विवाहको सम्झना होस् भनेर धेरै किसिमका सामग्री बेलायतको बजारमा उपलब्ध थिए । त्यस्ता सामग्रीमा कप, किरिङ, गर्भ निरोधक सामग्रीदेखि स्वीमसुटसम्म थिए । 

विवाह समारोहको अवसर पारेर आएको ‘क्राउन ज्वेल्स हेरिटेज कन्डम’ले भने यसपटक विशेष चर्चा पायो । करिब १ हजार ५ सय रुपैयाँमा पाइने उक्त सोभिनियर प्याकमा ८० वटा कन्डम थिए । अहिले विवाह समारोहकै सोभिनियरका रूपमा बजारमा आएको स्विमसुटले समेत चर्चा पाउन थालेको छ । ब्याग्स अफ लभले बजारमा ल्याएको महिला तथा पुरुषको स्विमसुटमा ह्यारी र मेगानलाई प्रसन्न मुद्रामा देखाइएको छ । यो स्विमसुटको मूल्य ५ हजार ५ सय रुपैयाँ छ ।  

 

प्रकाशित :जेष्ठ २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्