गगन र शुभेक्षा बने मिष्टर एण्ड मिस एसइई आइडल

- साप्ताहिक संवाददाता

जेष्ठ २०, २०७५

एसइई परिक्षा केन्द्रित सौन्दर्य प्रतियोगिताका रुपमा चिनिएको मिष्टर एण्ड मिस एसइई आइडल २०१८ मा गगन कार्की र शुभेक्षा मालाकारले उपाधि हात पारेका छन् । 

राष्ट्रिय नाचघरमा संचालन भएको उक्त कार्यक्रममा युवातर्फ रुपेश बस्नेत फस्ट रनर अप तथा अभिशान्त कार्की सेकेन्ड रनर अपका चयन गरिएका थिए भने युवती तर्फ सुरक्षा बस्नेत फस्ट रनर अप, पुजा तामाङ सेकेन्ड रनर अप तथा आकृती खतिवडा थर्ड रनर अपका चयन भएका थिए । 

प्रतियोगिताका अन्य विजेताहरुमा मिस्टर तर्फ बेस्ट वाक तथा भिअर च्वाइस रुपेश बस्नेत, कन्फिडेन्स गगन कार्की, डिसिप्लिन यमरबहादुर मगर, पब्लिक च्वाइस अभिशान्त कार्की, अर्गनाइजर च्वाइस प्रदिप कार्की, बेस्ट पर्सानालिटी रोहन बिष्ट, बेस्ट ड्रेस, फ्रेन्ड्ली तथा फोटोजेनिक रुपेश बस्नेतले हात परेका छन ।

युवती तर्फ  ट्यालेन्टमा पुजा तामाङ, बेस्ट फोटोजेनिक तथा मिस भिअर च्वाइसमा टिना गुरुङ, अर्गनाईजर च्वाइसमा मनिता खड्का, क्याटवाक, बेस्ट ड्रेस तथा मिस बब्लीमा आकृती खतिवडा, बेस्ट पर्सानालिटीमा सुनिता नेपाल, डिसिप्लिनमा रमुना विश्वकर्मा, पब्लिक च्वाइसमा सुभेक्षा मालाकार, बेस्ट स्माईलमा प्रितीका बास्तोला, कन्फिडेन्टमा अस्मिता पौडेल, ब्युटिफुल आईजमा निशा भण्डारी, बेस्ट हेयरमा सोना तिमिल्सिना, बेस्ट स्किनमा सम्रिला कार्की तथा पंचुएलमा सुरक्षा बस्नेत विजेता घोषित भएका थिए । 

प्रकाशित :जेष्ठ २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्