मिष्टर काठमाडौं बने सुशान्तकाजी

- साप्ताहिक संवाददाता

जेष्ठ २०, २०७५

कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा आयोजना भएको युवाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता मिष्टर काठमाडौ २०१८ मा सुशान्तकाजी श्रेष्ठले उपाधि जित्न सफल भएका छन् । एक्पोज् नेपालको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा प्रज्वल खड्का फष्ट रनर अप, सबिन थापा मगर सेकेन्ड रनर अप तथा राज रिजाल थर्ड रनर अप घोषित भएका थिए । प्रतियोगितामा रिजालले टिन आइकनको अवार्ड पनि प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गतको अन्य अवार्डहरुमा बेष्ट मोडल सौरभ मान भण्डारी, बेष्ट फोटोजेनिक सेरप ग्ल्याबो लामा, फेसबुक भोटिङ आर्यन खड्गी, एसएमएस भोटिङ कृष्ण श्रेष्ठ, मोष्ट ह्याण्डसम नयन शाही, डिसिप्लेन योगेश खड्का र ट्यालेन्ट एण्ड पब्लिक च्वाईस अवार्डमा तुगेन श्रेष्ठलाई चयन गरिएका थिए । 

प्रकाशित :जेष्ठ २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्