Teej banner

दृष्टिविहीनका लागि स्मार्ट स्टिक

- साप्ताहिक संवाददाता

जेष्ठ २०, २०७५

दृष्टिविहीनहरूको सहजताका लागि विवाक नामक स्मार्ट स्टिकको विकास गरिएको छ । टर्कीको योङ गुरु एकेडेमीले इलेक्ट्रोनिक्स कम्पनी भेस्टेलसँग मिलेर तयार गरेको उक्त स्मार्ट स्टिक दृष्टिविहीनहरूका लागि वरदान सावित हुने अनुमान गरिएको छ । 

उक्त विवाक स्मार्ट स्टिकमा कस्टमाइजेसन अल्ट्रासोनिक सेन्सर छ, जसले कुनै चिज वा वस्तु नजिक आए पत्ता लगाउँछ र ह्यान्डलमा उपलब्ध ड्युअल भाइब्रेटरमा भाइब्रेसन हुन्छ । 

यसबाट दृष्टिविहीन ब्यक्तिले अगाडि कुनै रोकावट भएको थाहा पाउँछ । उक्त स्टिक चलाउन एप्ससमेत निर्माण गरिएको छ । यसको सहयोगले आफू जानुपर्ने लोकेसन फिट गरेर बाटो पार गर्न सकिन्छ । यसलाई चलाउन ब्याट्री प्रयोग गर्नुपर्छ । 

उक्त स्टिक हाल टर्कीको स्थानीय बजारमा मात्र उपलब्ध छ । विवाक स्टिक आगामी डिसेम्बरसम्म सबै स्थानमा बिक्रीका लागि उपलब्ध हुने र यसको मूल्य ४ सय ९९ डलर रहने बताइएको छ ।

प्रकाशित :जेष्ठ २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्