मन्त्रीको सम्पत्ति विवरण राजाबिनाको पञ्चायत जस्तै

- साप्ताहिक संवाददाता

जेष्ठ २०, २०७५

नेपाल सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा व्यापक टीका–टिप्पणी सुरु भयो । कतिपय मन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई गम्भीर ठट्टा भनेर उडाइएको समेत पाइयो । मन्त्रीहरूले आफ्नो सम्पत्ति कम, श्रीमतीको सम्पत्ति बढी देखाए । कतिले दाइजोबाट आएको सम्पत्ति विवरण पनि पेस गरे । यही विषयमा सामाजिक सञ्जालमा व्यक्त भएका केही प्रतिक्रिया :

यिनैहरूले नै बनाउने हो समाजवादी राज्य ।‘मेरो सम्पत्ति यत्ति हो, सबै पार्टीकरण गरें’ भनेर घोषणा गर्नेहरू, मैले केवल ५० रुपंयाँमा ‘जनवादी विवाह’ गरेको हुँ’ भनेर तोलाका तोला सुन दाइजोमा आएको देखाउनेहरू, बहुदलीय लुटतन्त्र आएको पाँच वर्ष पछिसम्म पनि पार्टी सदस्यहरूको माना–चामल चन्दाले परिवार पाल्दै आएकाहरू, ०६३ सालमा पहिलो पटक मन्त्री बन्दा आफूलाई सम्पत्तिविहीन ‘सर्वहारा’ का रूपमा पेस गर्नेहरू सबै ठूलै नारीवादी पुँजीपति बनेछन् । श्रीमतीलाई भात पकाउन लगाउने, बैंकमा करोडपति बनाउने यिनैहरू बसेको गिरोहलाई ‘कम्युनिस्ट पार्टी’ भनिन्छ । यिनैहरूले नै बनाउने हो समाजवादी राज्य । 

भरत दाहाल

बाघ कराएको र बाख्रा हराएको संयोग । एकातिर गोरेले विदेशबाट बोराका बोरा सुन सोहोरे भनेर बजार तातिएका बेला नेता तथा मन्त्रीको सम्पत्ति विवरण मागेर बिचराका श्रीमतीको एकाध बोरा सुन पनि सार्वजनिक गर्न लगाउने ? त्यति जाबो सुन अनि पैसा देखेर पनि जिब्रो टोक्ने ? 

नरिश्वर गौतम

मन्त्रीको सम्पत्ति विवरण राजाबिनाको पञ्चायत जस्तै हो ? कुरी–कुरी गणतन्त्रका मन्त्रीहरू ।

दुर्गा सुवेदी

मन्त्रीको सम्पत्ति विवरण हो कि बूढी र ससुरालीको सम्पत्ति विवरण हो ? सबैले बूढीको नाउँमा मात्र सम्पत्ति देखा’का छन् त । 

राजा

आज सम्पत्ति विवरण उतार्न बिहानदेखि लाग्या, अहिलेसम्म सकिएन । केही मन्त्रीको भन्दा बढी देखिने अवस्था छ । अकुत सम्पत्ति आर्जनमा हाल्देलान् भन्ने डर भो । त्यही भएर आफ्नो सम्पत्ति सार्वजनिक नगर्ने निर्णय गरियो ।

क्रिस्टिना पुरी

मन्त्री हँुदा कुन मन्त्रीको कति सम्पत्ति छ भन्दा पनि अहिले के छ र पछि कति भयो भन्ने कुरा महत्वपूर्ण छ । सम्पत्ति विवरण मन्त्रीबाट खुस्किएको १ हप्ताभित्र बुझाउने प्रावधान राख सरकार । 

सविता थापा

केही मन्त्रीको सम्पत्ति त स्रोत छानबिन गर्नुपर्ने तहकै रहेछ अनि पटक–पटक लाभको पद धारण गरेका केही मन्त्रीको सम्पत्ति विवरण हेर्दा भने राजनीतिमा केही असल पात्रहरू पनि बाँकी छन् भन्ने लाग्यो ।

कोरियाको भरिया

हाँस्ने कारण खोज्देऊ भन्दै थिए एक जना भाईले । मैले पनि प्रम र मन्त्रीको तात्तातो सम्पत्ति विवरणको लिंक पठाइदिएँ । भन साथी मैले के बिराएँ ?

साथी

समाजवादी कम्युनिस्ट पार्टीका नेताहरूको सम्पत्ति कठै बरी लै लै खर्ब र अर्ब भन्दा कम छँदै छैन त ? भएको नि स्वास्नीका नाममा ।

नरेशराज खतिवडा 

कतिपय मन्त्रीको सम्पत्ति विवरण पढ्दा यस्तो लाग्यो कि यिनीहरूले नेपाली जनतालाई केही नबुझ्ने भेंडाको जत्था नै सम्झँदा रहेछन् । लाजसरम पचेका ब्वाँसाहरू ।

तीर्थराज अर्याल

प्रकाशित :जेष्ठ २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्