अक्षरामा अन्तराष्ट्रिय नाटक महोत्सव

- साप्ताहिक संवाददाता

जेष्ठ १९, २०७५

काँडाघारीस्थित अक्षरा स्कुलमा अन्तर्राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ । महोत्सवमा ११ देशका विद्यार्थीले ४ दिनसम्म नाटक मञ्चन गरेका थिए । 

जेठ १२ देखि १५ सम्म सञ्चालित उक्त महोत्सवमा बंगलादेश, डेनमार्क, जर्मनी, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, रूस, स्लोभाकिया, श्रीलंका, स्वीजरल्यान्ड आदि मुलुकको सहभागिता थियो । महोत्सवमा नेपालका तर्फबाट अक्षरा स्कुलको कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरूले ‘भित्री सुन्दरता’ नाटक मञ्चन गरेका थिए । 

अन्तर्राष्ट्रिय संस्कृतिको ज्ञान, मानवता बुझ्ने र स्वीकार गर्ने क्षमता विकास गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवलाई देशभरका ६ हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेको अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले जानकारी दिइन् । उक्त महोत्सवको निर्देशन अक्षराका नाट्य शिक्षक एवं रंगकर्मी टंक चौलागाईंले गरेका थिए । 

प्रकाशित :जेष्ठ १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्