Teej banner

मनोजको मेहनत

- साप्ताहिक संवाददाता

जेष्ठ १८, २०७५

व्यंग्यकार मनोज गजुरेल आफ्नो प्रस्तुति दिँदै पोखरा सिर्जनाचोकस्थित ह्वाइट हाउस पार्टी प्यालेसको स्टेज उक्लिए । ब्यानरमा लेखिएको थियो उठौँ – सुशासन र सदाचारका लागि हास्यव्यंग्य कार्यक्रम । स्टेजमा उनले केही समय भ्रष्टाचारका कुरा, केही समय सामाजिक सञ्जालमार्फत देखिएका विकृति र केही समय आफ्नै कुरा गर्दै दर्शकहरूलाई हँसाए । 

मनोज दर्शकलाई घरी हँसाउँथे त घरी गम्भीर बनाउँथे । उनले विगतमा राख्दै आएको प्रस्तुति र उक्त प्रस्तुतिमा खासै फरक थिएन । फरकचाहिँ के थियो भने ती दृश्यहरू ठूलो क्यामेरामा कैद भैरहेका थिए । किनभने यो गजुरेलले डेब्यु गरेको चलचित्र सय कडा दशको छायांकन थियो । अब त्यहाँ देखिएका दृश्य चलचित्रको पर्दामा हेर्न पाइनेछ । 

कार्यक्रम हेर्न पुगेका कतिपय दर्शकले त त्यो चलचित्रको छायांकन थियो भन्ने पत्तोसमेत पाएनन् । आफ्नो भूमिकालाई प्रभावकारी बनाउन मनोज निकै मेहनत गरिरहेका छन् । आफ्नो पृथक् परिचय बनाइसकेका गजुरेललाई चलचित्रको पर्दा अवसरसँगै चुनौतीका रूपमा समेत देखिएको छ । रामशरण पाठकद्वारा निर्देशित यो चलचित्रको ८० प्रतिशत छायांकन सम्पन्न भैसकेको बताइन्छ ।

प्रकाशित :जेष्ठ १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्