सकियो डोलीको छायांकन

- साप्ताहिक संवाददाता

जेष्ठ १८, २०७५

 

सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘डोलि’ को छायांकन सम्पन्न भएको छ । किरण नेपालीको लगानी रहेको उक्त चलचित्रको छायांकन नुवाकोटका केही सुन्दर बस्तीबाट प्रारम्भ भई रारा, जुम्ला तथा काठमाडौंमा भएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रको एउटा प्रमोशनल गीतका छायांकन मात्र बाँकी रहेको निर्माण पक्षले जानकारी गराएको छ । २९ दिनको छायांकन सेड्युल सकेर काठमाडौं फर्किएको यो चलचित्रलाई जय राम थापाले छायांकन गरेका हुन् । चलचित्रमा पृथ्वीराज प्रसाईँ, किशोर खतिवडा, अर्जुन गुरुङ (भंगेरी डन ), हिउँवाला गौतम, नविनराज रेग्मी, शानिया खान, संगिता नापित, शतिस खत्री, प्रशान्त भन्डारी, प्रिया रिजाल, दामोदर खतिवडा आदि कलाकारले अभिनय गरेका छन् ।

बिरंगना, बृन्दाबन, पाठशाला, लाटी आदि चलचित्र निर्देशन गरिसकेका निर्देशक राज बहादुरको लेखन तयार भएको यो चलचित्रमा सिडि बिजय अधिकारी, राजकुमार बगर, पुरूषोतम न्यौपाने तथा बाबुल गिरीको संगीत निर्देशन छ भने मेलिना राई, अनुष्का पाठक, सि डि बिजय, मनिसा राई तथा युवराज चापगाईको स्वर रहेको छ ।

प्रकाशित :जेष्ठ १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्