बेबी आई लभ यू
जेष्ठ १८, २०७५
निर्देशक : जनक पाण्डे कलाकार : सरोज खनाल, सन्तोष खड्की, पुजा तिवारी, निर्मल शर्मा आदि । म्युजिक : सन्तोष खड्की
आज शुक्रबारदेखि देशव्यापी रूपमा चलचित्र बेबी आई लभ यू प्रदर्शनमा आउँदैछ । लिची इन्टरटेनमेन्टबाट निर्मित यो चलचित्रको प्रचारप्रसार एक महिनाअघि नै सुरु गरिएको थियो । चलचित्र बेबी आई लभ यू पूर्णरूपमा प्रेमकथामा आधारित छ ।
शिव न्यौपानेको लगानीमा बनेको यो चलचित्र काठमाडौं का साथै बाहिरका केही जिल्लामा समेत खिचिएको छ । सुरज आचार्यले खिचेको चलचित्र बेबी आई लभ यूमा पछिल्लो पुस्ताको प्रेम र संघर्ष देखाइएको छ । यो चलचित्रमा सन्तोष खड्कीले खुबै मेहनत गरेका छन् भने पुजाको अभिनय हेर्न पनि लायक छ ।
पुराना अभिनेता निर्मल शर्मा, सरोज खनाल आदिको अभिनयसमेत जीवन्त छ । यसअघि सार्वजनिक भएको गित सायद तेरो मेरो तथा कहानी तेरो–मेरोलाई दर्शकले निकै मन पराएका छन् । चलचित्रको गित कान्छी मायालुको कभरसमेत निर्माण भएको छ । यो चलचित्रका अधिकांश कलाकार नयाँ हुन् ।
प्रकाशित :जेष्ठ १८, २०७५




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्