आजबाट हरि हलहलमा

- साप्ताहिक संवाददाता

जेष्ठ १८, २०७५

निर्देशक : सफल केसी तथा प्रतीक गुरुङ कलाकार : विपिन कार्की, सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले लोह्मो, लक्ष्मी बर्देवा आदि ।

चलचित्र हरि पूर्वनिर्धारित मितिबाट सरेर यही शुक्रवार प्रदर्शनमा आउँदैछ । यसअघि यो चलचित्र जेठ ४ मा प्रदर्शनमा आउने बताइएको थियो । चलचित्र हरिमा अभिनेता विपिन कार्कीलाई एकदमै फरक लुक्स तथा गेटअपमा देख्न सकिन्छ । 

चलचित्रको यसअघि सार्वजनिक भएका दुईवटा ट्रेलरले सकारात्मक प्रतिक्रियाप्राप्त गरेका छन् । ट्रेलर अनुसार चलचित्र हरि सस्पेन्स कमेडी विधाको भएको अनुमान लगाउन सकिन्छ । 

केही हप्ताअघि पत्रकारहरूसँगको कुराकानीमा चलचित्रका अभिनेता विपिन कार्कीले यो चलचित्र आफूले काम गरेका अन्य चलचित्रभन्दा धेरै माथि रहेको बताएका थिए । चिन्तन राजभण्डारीको छायांकन तथा अर्जुन कार्कीको सम्पादनमा तयार पारिएको चलचित्र हरिले दर्शकको साथ पाउने कुरामा निर्माणपक्ष ढुक्क छ । 

प्रकाशित :जेष्ठ १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्