बोबीको आँखाको नानी

- साप्ताहिक संवाददाता

जेष्ठ १७, २०७५

 

मिलन चाम्सले निर्देशन गरेको चलचित्र  ‘बोबी’को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखाको नानी’ बोलको सार्वजनिक गीतमा उमेश थापा र कविता गुरुङको प्रेमलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा उमेश र कविताको रियल प्रेमकथा प्रस्तुत गरेको निर्देशक चाम्सको भनाई छ  । सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द/संगीत तथा राजेशपायल राई र दीपा लामाको स्वर रहेको छ । 

चलचित्रमा उमेश र कविताका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्र असार २९ गतेबाट रिलिजको प्रचारमा छ ।

आँखाको नानीको भिडियो

प्रकाशित :जेष्ठ १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्