कोहलपुर एक्सप्रेसको अष्ट्रेलिया यात्रा

- साप्ताहिक संवाददाता

जेष्ठ १७, २०७५

अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । विशाल भण्डारीले निर्देशन गरेको यो चलचित्र ‘राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सी’ले अस्ट्रेलियामा प्रदर्शन गर्ने भएको हो । 

नेपाली चलचित्रको बजार बिस्तारको लागि  राईट एण्ड एसोसियट्स अझै लागि पर्ने संस्थाका निर्देशक पी.आर.अधिकारीले बताएका छन् ।  बैशाख १४ गते बाट नेपालमा प्रदर्शन भएको यो चलचित्रले औषत प्रतिकृया पाएको थियो  

चलचित्रमा केकीका अलावा प्रियंका कार्की, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् । ‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा र संवाद रहेको छ । चलचित्रमा भद्र बहादुर शाही, देवीलाल न्यौपाने (पण्डित), शिव प्रसाद चौलागाईले सयुक्त रुपमा लगानी गरेका छन् । 

प्रकाशित :जेष्ठ १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्