ढुक्क भइन् वर्षा

- साप्ताहिक संवाददाता

जेष्ठ १६, २०७५

अभिनेत्री वर्षा राउत तथा अभिनेता संजोग कोइराला रियल लाइफ कपल हुन् भन्ने सबैलाई थाहा छ । लामो समयदेखि रिलेसनसिपमा रहेको यो जोडीले कुन दिन वैवाहिक जीवनमा बाँधिएर सरप्राइज दिने हो, थाहा छैन । यद्यपि यो जोडी बेला–बेलामा सामाजिक सञ्जालमा विभिन्न शैलीमा प्रस्तुत भैरहन्छ ।

फेसबुकमा यतिबेला टेस्टोनी अर्थात् भविष्यका बारेमा गरिएको जिज्ञासाको जवाफ पाएर दंग पर्ने ट्रेन्ड नै छ । वर्षा पनि के कम ? एउटा टेस्टोनीका लागि वर्षाले ‘तिम्रो जीवनको अन्त्यसम्म तिम्रो प्रेमि को हुनेछ ?’ भन्ने जिज्ञासा राखिछन् । टेस्टोनीले वर्षासँग उनकै प्रेमि संजोग कोइरालाको तस्बिर देखाइदिएछ ।

वर्षाले खुसी हुँदै उक्त लिंक फेसबुकमा सेयर गरिन् । वर्षाको उक्त पोस्ट देखेपछि संजोगले पनि आफूलाई रोक्न सकेनन्, अनि कमेन्ट गरिहाले– ‘बुझ्दो रैछ फेसबुकले नि कुरो । मार्क भाइलाई अस्ति भेट्दा इम्प्रुभ गर भनेको, गरेछन् ।’

 

प्रकाशित :जेष्ठ १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्