मोबाइलमा कुन गेम खेल्नुहुन्छ ?

- महेश तिमल्सिना

जेष्ठ १६, २०७५

 

 

मलाई फुटबल निकै मनपर्छ । त्यसैले म मोबाइलमा पनि फुटबल नै खेल्छु । मोबाइलमा गेम खेल्दा फ्रेस भइन्छ । म विशेषगरी कसैलाई कुर्नुपर्‍यो भने गेम खेलेर बस्छु ।

आकाश श्रेष्ठ, अभिनेता

 

मोबाइलमा गेम खेल्ने उमेर गयो जस्तो लाग्छ । अहिले मोबाइलमा गेम खेल्न अल्छि लाग्छ ।

भुवन केसी, अभिनेता

 

म मोबाइलमा धेरै गेम खेल्छु । हिजोआज चाहिँ रक्की क्लाइम्ब खेलिरहेको छु । समय–समयमा विभिन्न गेमहरू डाउनलोड गरेर खेलिरहेको हुन्छु ।

बिपिन कार्की, अभिनेता

 

म आजकाल लुडो व्यापक खेल्छु । आफूमात्र नभएर अरू साथीहरूसँग मिलेर खेल्न मिल्ने हुँदा टाइम पास गर्न सजिलो हुन्छ ।

गौरव पहारी, अभिनेता

 

केही समय पहिलेसम्म क्यान्डी क्रस निकै खेलेँ, तर अहिले फेसबुक र युट्युब चलाएरै समय बित्छ ।

रामचन्द्र काफ्ले, गायक

 

म आजकाल लुडो धेरै खेल्छु । फुर्सदमा साथीहरूसँग बसेर लुडो खेल्दा निकै रमाइलो हुन्छ । मेरा अधिकांश साथीहरू लुडो नै खेल्छन् ।

पल शाह, अभिनेता

 

म मोबाइलमा कुनै पनि गेम खेल्दिनँ, तर मानसिक स्वास्थ्यका लागि थोरै समय मोबाइल गेम खेल्नु राम्रो हो । यसको अत्यधिक प्रयोगले समस्या पनि निम्त्याएको छ ।

डा. अनन्त अधिकारी, मनोचिकित्सक

 

मलाई मोबाइल गेमले कुनै आकर्षण गरेन । म सन् १९८२/८३ मा अमेरिकामा पढ्दा भर्खरै डिजिटल गेम प्याकम्यान सुरु हुँदा त्यो गेम खेल्ने बक्स किनेर छोरालाई खेलाउँदा खुब मज्जा लाग्थ्यो तर त्यस्ता गेमहरू नेपालमा नआएकाले त्यति चाख लागेन ।

राजेन्द्र थापा, गीतकार

 

वास्तवमा भन्ने हो भने मलाई मोबाइलमा गेम खेलेर बस्ने फुर्सद नै हुँदैन । दिउँसो अफिसमा हुन्छु बेलुका घर आएर फेसबुक, भाइबर तथा इन्स्टाग्राममा व्यस्त रहन्छु ।

सुप्रिया कटुवाल, मोडल

 

म पहिले चाहिँ क्यान्डी क्रस धेरै खेल्थे । यतिसम्म कि बेलुकादेखि बिहान ४ बजेसम्म पनि क्यान्डी क्रस खेलेकी छु, तर अहिले गेम खेल्ने फुर्सद नै हुँदैन ।

मुना थापामगर, लोक गायिका

 

म मोबाइलमा गेम नै खेल्दिनँ । पहिले क्यान्डी क्रस चाहिँ धेरै खेल्थेँ, तर अहिले फेसबुक चलाएर बस्छु ।

निता ढुंगाना, अभिनेत्री

 

मैले एक पटक मोबाइलमा क्यान्डी क्रस गेम डाउनलोड गरेँ । त्यो गेम मैले दिनरात खेलेँ, जसले गर्दा मेरो धेरै समय खेर गयो अनि त्यसलाई डिलिट हाने ! त्यो गेमलाई मैले मोबाइलबाट हटाएदेखि अहिलेसम्म एउटा पनि गेम मोबाइलमा डाउनलोड गरेकी छैन, तर कहिलेकहिँ कुनै साथीले क्यान्डी क्रस खेलिरहेको फेला पारे भने चाहिँ उनीहरूको मोबाइलमा खेल्छु ।

बेनिशा हमाल, अभिनेत्री

 

म खासै गेम लभर होइन, त्यही भएर मोबाइलमा त्यति गेम खेल्दिनँ । म धेरैजसो सामाजिक सञ्जाल तिरै व्यस्त हुन्छु । यद्यपि पहिले एकपटक क्याण्डी क्रस खेल्ने लत लागेको थियो ।

सुनिता डंगोल, मिस नेवा

 

मेरो मोबाइलमा गेमको कुनै पनि एप छैन । म अनलाइनमा उपलब्ध हुने गेम समेत खेल्दिनँ ।

नवीन पौडेल, गायक

 

म मोबाइलमा विभिन्न गेम खेल्छु । मेरो मोबाइलमा धेरै गेम छन्, तर विशेषगरी टेम्पल रनचाहिँ निकै खेल्छु । किनभने यो गेम खेल्ने क्रममा राक्षसले लखेटदा आफू नै भागे जस्तो लाग्छ ।

सत्यराज आचार्य, गायक

 

म मोबाइलमा धेरैजसो तास र रेसिङ कार खेल्छु ।

आरपी पन्त, कलाकार

 

म तीन पत्ती खेलिरहेको छु । 

बिनोद सिंह, इभेन्ट मेनेजर

 

एकताका क्यान्डि क्रस खुबै खेलें । अहिले चाहिं कलरक्यूब खेल्छु । 

सन्तोष कोन्मे, गायक

 

मोबाइलमा लूडो खेल्न रुचाउँछु । 

धीरज तण्डुकार, इभेन्ट मेनेजर

 

मलाई मोबाइलमा गेम खेल्दा समय नै बर्बाद भैरहेको जस्तो लाग्छ, त्यसैले म खेल्दिन । 

सिपी पुडासैनी, निर्देशक

 

म मोबाइलमा गेम खेल्दिनँ । अरूले खेलेको देखेरै पुगिसक्यो । कतिपयले फेसबुकमा क्याण्डी क्रस खेल्न रिक्वेस्ट पठाएर हैरान बनाएकाले मैले ती साथीहरुलाई फेसबुकबाटै हटाइदिएँ । 

आस्था राउत, गायिका 

 

म कहिलेकाहीँ मोबाइलमा लुडो खेल्छु, तर मोबाइलमा धेरैजसो फेसबुक नै चलाइरहेको हुन्छु ।

शिव हमाल, गायक 

 

म धेरैजसो मोबाइलमा क्यान्डी क्रस खेल्छु । यतिसम्मकी एकताका श्रीमतीले गाली गर्छिन् भनेर बेलुका सिरकले मुख छोपेर समेत खेल्थेँ । 

प्रदीप भट्टराई, निर्देशक 

 

मेरो मोबाइलमा धेरै गेम छन्, तर खेल्ने समय हुँदैन । तैपनि कहिलेकाहीँ चेस चाहिँ खेल्छु । 

आकाश अधिकारी, निर्देशक 

 

पहिले–पहिले चेस धेरै खेल्थेँ, तर अहिले खेल्ने समय र इच्छा दुवै छैन । 

राजनराज सिवाकोटी, संगीतकार 

 

म मोबाइलमा स्नेक गेम बढी खेल्छु । 

खुमन अधिकारी, गायक 

 

फुर्सद भए क्यान्डीक्रस खेल्छु । 

केदार घिमिरे, हास्यकलाकार

 

म मोबाइलमा धेरैजसो लुडो खेल्छु, टेन्सनमा छु भने पनि लुडो खेलेपछि फ्रेस हुन्छु ।

अर्जुन घिमिरे, हास्यकलाकार

 

 

प्रकाशित :जेष्ठ १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्