हङ्कङमा सगरमाथा पदयात्रा

- अनोज रोक्का

जेष्ठ १५, २०७५

 

सगरमाथा दिवसको अवसर पारेर हङ्कङमा पदयात्रा (हाईकिङ्) सम्पन्न गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र नेपालका प्राकृतिक सम्पदाहरुको परिचयसँगै पर्यटन वृद्धिको सम्भावनालाई अझ मझबुत बनाउँन हङ्कङ स्थित महावाणिज्यदूतावास र एनआरएनए हङ्कङको संयुक्त आयोजनामा पदयात्राको आयोजना गरिएको थियो । पदयात्रामा नेपालको राष्ट्रिय झन्डा र नेपाल चिनारी अंकित ब्यानरमा हङकङेली नेपालीहरुसँगै विभिन्न संघसस्थाका प्रतिनिधी, राजदूत, स्थानिय सरकारका प्रतिनिधी लगायतको सहभागिता थियो । 

हङ्कङ अवजरवेशन ह्विल सेन्ट्रलबाट पिकसम्मको यात्रामा सहभागी विदेशीहरुले नेपाल र नेपालको प्राकृतिक सम्पदाहरुको बारे चासो राखेका थिए । मे २९ तारिक सगरमाथा दिवस पर्ने भएपनि सवैको बिदालाई मध्यनजर गर्दै २७ तारिकका दिन पदयात्राको आयोजना गरिएको एनआरएनए अध्यक्ष टिका गुरुङ्ले बताईन । नेपालीहरुको धेरै पहिचानहरु मध्ये सगरमाथा पनि एक उत्कृष्ट हो, पर्यटन प्रर्वद्धनसँगै नेपालीहरुको एकता र सांस्कृतिक सम्पदाको पहिचानका लागि पनि पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने महावाणिज्यदूत कमलप्रसाद भट्टराईले बताए । 

सन् १९५३ मेई २९ तारिकका दिन विश्वकै सर्वोच्च शिखर सगरमाथामा नेपाली नागरिक तेन्जिङ् नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक एडमण्ड हिलारीले पहिलोपटक पाईला टेकेका थिए, त्यहि खुसियालीमा २९ मेईलाई सगरमाथा दिवसकोरुपमा संसारभरका नेपालीहरुले मनाउँछन् । 

 

प्रकाशित :जेष्ठ १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्