Teej banner

पानीपुरी

- साप्ताहिक संवाददाता

जेष्ठ १५, २०७५

पानीपुरी आमनेपालीहरूको प्रिय परिकार हो । राजधानीका थुप्रै ठाउँ पानीपुरीका लागि लोकप्रिय छन् । अमिलो–पिरोको मीठो स्वाद पाइने हुनाले पानीपुरी धेरैको रोजाइमा छ । केही सामान जुटाएर सजिलै घरमै पनि पानीपुरी तयार पार्न सकिन्छ ।

अजय पानीपुरी

सात महिनाअघि पुतलीसडकमा खोलिएको अजय पानीपुरी लोकप्रिय हुँदै गएको छ । अजय पानीपुरीमा खाजा पनि खान पाइने भएकाले राम्रै भीड लाग्छ । ग्राहकहरू पानीपुरी खानकै लागि टाढाटाढाबाट त्यहाँ पुग्छन् । 

प्रतिप्लेट : ४० रुपैयाँ

काठमाडौं मल

काठमाडौं मलअगाडिको पानीपुरी पनि लोकप्रिय छ । सपिङ गर्न तथा घुम्न आउनेहरू यहाँको पानीपुरीको स्वाद चाखेर मात्र फर्कन्छन् । 

प्रतिप्लेट : ४० रुपैयाँभन्दा माथि

मालिका रेस्ट्रो छेउ, शंखमूल

शंखमूलस्थित मालिका रेस्ट्रोछेउ पनि पानीपुरीका लागि लोकप्रिय छ ।

प्रतिप्लेट : २५ रुपैयाँ

द हाइजेनिक पानीपुरी एन्ड फास्ट फुड इनटाउन, मंगलबजार 

गणेशमन्दिरसँगैको यो ठाउँ पनि पानीपुरीका लागि प्रख्यात छ । सञ्चालक श्यामकृष्ण कपालीका अनुसार यहाँ प्रत्येक दिन ६ सय प्लेट पानीपुरी बिक्री हुन्छ । यहाँको वातावरण पारिवारिक छ र खानेकुरा पनि हाइजेनिक छ । त्यसैले परिवार तथा जोडीहरू यहाँको पानीपुरीको स्वाद लिन आउँछन् । 

सानो प्लेट : ३० रुपैयाँ

ठूलो प्लेट : ९० रुपैयाँ

अशोक दाइको पानीपुरी

वीरगन्जका अशोक साहले सञ्चालनमा ल्याएको पानीपुरी पसल निकै चल्तीमा छ । यसअघि उनले सातदोबाटोमा पसल सञ्चालन गरेका थिए । 

स्थान : त्यागल, ललितपुर

प्रतिप्लेट : ४० रुपैयाँ 

प्रकाशित :जेष्ठ १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्