बजारमा नयाँ फोन

- साप्ताहिक संवाददाता

जेष्ठ १५, २०७५

बितेका केही सातायता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा केही नयाँ मोबाइल सेट देखा परेका छन् । नोकिया, एलजी, सामसङ, हुवावे तथा भिभोका यी फोनका केही विशेषता :

हुवावे नोभाको थ्रीई

हुवावेको नोभा थ्रीई स्मार्टफोन नेपाली बजारमा उपलब्ध हुन थालेको छ । अगाडि र पछाडि दुवै भाग मोटो र नफुट्ने सिसाले बनेको यो सेटको स्क्रिन चारैतिर पातलो धातुले घेरिएको छ । १६ मेगापिक्सेल क्यामेरायुक्त यो स्मार्टफोन सेल्फीका लागि राम्रो भएको बताइएको छ । ५ दशमलव ८४ इन्चको ठूलो फुल भ्यू डिस्प्लेयुक्त यो स्मार्टफोनमा भिडियो हेर्दा ठूलो पर्दामा चलचित्र हेरेझैँं लाग्छ । यसमा ४ जीबी र्‍याम तथा ६४ जिबी इन्टरनल स्टोरेज छ भने यसको ब्याट्री ३ हजार एमएएचको छ । 

ग्यालेक्सी जे–७ डुओ 

सामसुङ ग्यालेक्सी जे ७ डुओ अब नेपाली बजारमा उपलब्ध हुन थालेको छ । सामसुङको यो स्मार्टफोनको मूल्य रु. २८ हजार ९ सय ९० छ । सामसुङको ग्यालेक्सी जे ७ डुओमा ५ दशमलव ५ इन्चको स्क्रिन, ७२०/१२८० पिक्सेलको रेजोलुसन छ । यसको सम्पूर्ण बडी प्लास्टिकको छ र यसले सिंगल तथा डुअल सिम सपोर्ट गर्छ । सामसुङको यो फोनको मुख्य फिचर डुअल क्यामेरा हो । यसको रियर क्यामेरामा १३ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको सेन्सर छ । सेल्फीका लागि यसमा सिंगल ८ मेगपिक्सेलको सेन्सर छ । फोनको भित्रि भागमा एक्सिनस–७ सिरिजको अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । यसमा ३२ जीबीको इन्टरनल स्टोरेज छ भने त्यसलाई आवश्यकताअनुसार बढाउन सकिन्छ । यो फोन एन्ड्रोइड अपरेटिङ सिस्टम ८.० ओरियोबाट चल्छ ।

प्रकाशित :जेष्ठ १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्