पुलिस ड्रेसमा कम्मर मर्काउँदै

- साप्ताहिक संवाददाता

जेष्ठ १४, २०७५

 

असार २९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिमी पुलिस म नि पुलिस’ बोलको सार्वजनिक गीतमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेलले पुलिस ड्रेसमा कम्मर मर्काएका छन् । 

दिपक शर्माको संगीत रहेको गीतमा योञ्जक लामा र सहिमा श्रेष्ठको स्वर रहेको छ । गीतमा दिनेश सुवेदीको शब्द  र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । 

राज बहादुर सानेले निर्देशन गरेको यो चलचित्रमा शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धुब्र कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् । 

तिमी पनि पुलिस म पनि पुलिसको भिडियो

प्रकाशित :जेष्ठ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्