सुश्री सम्पत्ति भदौमा
जेष्ठ १४, २०७५
सुव्रत आचार्यले निर्देशन गरेको चलचित्र ‘सुश्री सम्पत्ति’ भदौ २२ गतेबाट रिलिज हुने भएको छ । अभिने सलोन बस्नेत र अभिनेत्री सारा शिर्पालीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको यो चलचित्र पोस्ट प्रोडक्सनको काममा छ ।
रमेश त्वायनाले निर्माण गरेका यो चलचित्रमा विज्ञान राई, नुनमा सुब्बा र रम्न शिकाकारले लगानी गरेका छन् । निर्देशक आचार्यकै कथा रहेको यो चलचित्रमा पटकथा भने अभिमन्यु निरबीको रहेको छ ।
सलोन र साराका साथमा विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा, विशारत बस्नेत, सुनिता श्रेष्ठ ठाकुर, प्रेमबर्षा खड्का, रोशनी केसी, रञ्जित कोइराला, विनोद पौडेल र सन्तोष खनाल लगायतका कलाकारले यो चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका रहने निर्माण पक्षले चलचित्र घोषणा ताका जानकारी दिएको थियो ।
प्रकाशित :जेष्ठ १४, २०७५


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्