Teej banner

विश्वकै महँगो बाइक

- साप्ताहिक संवाददाता

जेष्ठ १४, २०७५

अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले संसारकै महँगो मोटरसाइकल सार्वजनिक गरेको छ । महत्वपूर्ण विशेषताका रूपमा यसमा हीरा तथा सुन प्रयोग गरिएको छ भने यसको निर्माणका लागि ८ ब्यक्तिको समूहलाई २ हजार ५ सय घण्टा समय लागेको थियो । यो मोटरसाइकलको अन्तर्राष्ट्रिय बजार मूल्य करिब साढे १९ करोड रुपैयाँ छ ।

यसलाई हार्ले डेभिडसन ब्लू एडिसन नाम दिइएको छ । यो मोटरसाइकलको माथिल्लो भागमा आधुनिक प्रविधिले तयार गरिएको ६ लेयर ब्लू पेन्ट लगाइएको छ भने यसलाई ३ सय ५० हीरा तथा गोल्ड प्लेटेड स्क्रुजले सजाइएको छ ।

यसको इन्जिनमा हिट रेजिस्टेन्ट एलईडी छ र माथिल्लो भागमा पारदर्शी क्यामसाफ्ट छ । यसका कारण मोटरसाइकल चल्दा इन्जिनको पार्ट्सले काम गरिरहेको दृश्य प्रत्यक्ष हेर्न सकिन्छ । इन्जिनमा समेत लाइट भएको यो संसारकै पहिलो मोटरसाइकल हो । त्यसैगरी यसको इन्धन ट्यांकीमा घडी तथा ५ दशमलव ४० क्यारेटको डिजलर रिङ छ । 

प्रकाशित :जेष्ठ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्