गाडी चलाउन पाउने भए

- एजेन्सी

जेष्ठ १४, २०७५

महिलालाई सवारी साधन चलाउन प्रतिबन्ध रहेको साउदी अरेबियाले जून २४ देखि प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ । 

महिलाहरूलाई सवारी साधन चलाउन प्रतिबन्ध लगाइए पनि त्यहाँका धेरै महिलाले जेल, कोर्राजस्ता सजायप्रति बेवास्ता गर्दै गोप्य रूपमा सवारी साधन चलाउँदै आएका थिए । हालै राजकुमार मोहम्मद बिन सलमानले यो नियमलाई खुकुलो बनाएपछि महिलाहरूलाई सवारी साधन चलाउन सजिलो भएको छ । 

यो नियमको घोषणा भएपछि अहिले साउदी अरेबियामा थुप्रै ड्राइभिङ इन्स्टिच्युट सञ्चालनमा आएका छन् । विदेशमा प्रशिक्षण लिएका महिलाहरू प्रशिक्षक भएका यस्ता प्रशिक्षण केन्द्रबाट प्रशिक्षित १८ वर्षमाथिका महिलाले मात्र त्यहाँ सवारी साधन चलाउन पाउने बताइएको छ । 

प्रकाशित :जेष्ठ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्