पूजा पुगिन कतार

- साप्ताहिक संवाददाता

जेष्ठ १४, २०७५

अभिनेत्री पूजा शर्मा कतार पुगेकी छिन् । उनीसँगै निर्देशक सुदर्शन थापा पनि यतिबेला कतारमै छन् । उनीहरुको कतार यात्रा चलचित्र ‘रामकहानी’ले गराएको हो । यो चलचित्रको छायाँकलसँगै उनीहरुले यस अधिको चलचित्र ‘म यस्तो गीत गाउँछु’को विशेष शो समेत गर्ने भएका छन् । 

निर्देशक सुदर्शन थापाले दिएको जानकारी अनुसार, यो चलचित्रको सुरुवात नै कतारबाट हुनेछ । कतारमा अभिनेत्री पूजाका साथमा कतारमै रहेका केही कलाकारले अभिनय गरेका छन् ।

कतारको सम्पूर्ण व्यवस्थापन कलाकार बिष्णु कार्कीले मिलाएका हुन् । यो चलचित्रको कतार छायाँकन अनुमतिका लागि मात्रै ८ लाख गर्च गरेको निर्देशक थापाले बताएका छन् । 

चलचित्र ‘रामकहानी’मा पूजाका साथमा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राईले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । 

यो चलचित्र आगामी भदौ २२ गतेबाट रिलिज गर्ने प्रचार गरिएको छ । 

 

प्रकाशित :जेष्ठ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्