महिलामाथिको दुव्र्यवहार घटाउन के गर्नुपर्ला ?

- साप्ताहिक संवाददाता

जेष्ठ १४, २०७५

 

 

सार्वजनिक यातायातमा महिला र पुरुष दुवैले दुव्र्यवहारको सिकार हुनुपरेको छ । त्यसैले म आफ्नो कार, बाइक वा ट्याक्सीमा मात्र यात्रा गर्छु । जीवनमा काम लाग्ने मानिससँग मात्र व्यवहार गर्नुपर्ने रहेछ, दुव्र्यवहारबाट जोगिनुपर्छ । 

गोपाल अर्याल

 

दुव्र्यवहार गर्नु हुँदैन भन्ने चेतना जगाउनुपर्छ । अनुशासन र मर्यादाको कुरा बुझ्नु, मनन गर्नुका साथै अपनाउनु पनि पर्छ ।

अजम्मरी

 

पहिले महिलाहरू कमजोर हुन्छन् भन्ने कुरा महिलाको दिमागबाटै हटाउनुपर्छ अनि पहिरनको कुरामा समाजको दृष्टि फराकिलो बनाउनुपर्छ । छोटा पहिरन लगाउँदैमा महिलामाथि दुव्र्यवहार हुने हो भने त युरोप–अमेरिकातिर धेरै बलात्कारका घटना घट्नुपर्ने हो । फेसनका नाममा आफैंलाई असहज हुने गरी स्कर्टको फेरो तान्दै हिंड्नु पनि ठीक हुँदैन, तर आफूलाई सहज हुन्छ भने जस्तोसुकै पहिरन लगाउँदा पनि हुन्छ । यदि कसैले गिद्धे नजरले हेर्‍यो मात्र भने पनि औंला पड्काएर, आँखामा आँखा जुधाएर, चोरी औंला देखाउँदै बहस गर्ने हो भने आधाभन्दा बढी दुव्र्यवहार घट्नेछ ।

होमनाथ अधिकारी

 

महिलाहरूलाई बुर्का लगाइदिनुपर्छ । अर्धनग्न भएर हिंडेपछि दुर्घटना हुनु त स्वाभाविक हो ।

कृष्ण क्षेत्री

 

महिला भनौं वा केटीहरू भनौं–ले सार्वजनिक ठाउँहरूमा जानुपर्दा शालिन पहिरनमा जानुपर्छ । उखानै छ नि— उत्ताउली गाई बाघले खाई ।

हरिहर जोशी

 

दुव्र्यवहार गर्नेहरूको पनि लिंग परिवर्तन गरी महिला नै बनाइदिनुपर्छ । त्यो पनि उनीहरूको आफ्नै खर्चमा ।

रामनाथ दाहाल

 

महिलाले छोटा लुगा लगाएर हिंसा भयो भन्नेहरूले आफ्ना साना छोरीलाई फरिया लगाइदिऊन् । अझ नपुगे बुर्कामा हिंडाऊन् । 

रोशन आचार्य

 

सोच बदलौं । 

अन्जान

 

महिलाले गर्ने दुव्र्यवहार हटाउनचाहिँ के गर्नुपर्ला ?

सुदिप

 

महिलाहरू आफैंले कपडा लगाउँदा होस गर्नुपर्छ अनि समस्या आफैं समाधान हुन्छ ।

युरिकराज नेपाली 

 

सबै महिलालाई निजी कारको व्यवस्था गरिदिनुपर्छ । 

प्रतिमा

 

दुव्र्यवहार गर्नेहरूलाई प्रहरी चौकी पुर्‍याउनुपर्छ ।

आशिष राई

 

साउदी अरबमा जस्तै नेपालमा पनि कठोर कानुन बनाउनुपर्छ ।

लीलाराज भट्टराई

 

बलात्कारीलाई फाँसीको सजाय हुन आवश्यक छ ।

कृष धमला

 

महिलाहरूले आफ्नो अनुहार तथा हातखुट्टाको मेकअप कम गरे पुग्छ ।

जीवन ढकाल

 

सार्वजनिक स्थल निर्माण नगर्ने, भएकालाई निजीकरण गर्ने ।

सुनाहाङ राई

 

हामी पुरुषहरू नै सभ्य हुने त होला नि ।

बिमल बराल

 

हुन त दोष पुरुषकै हो, तर पनि छोरी मान्छेले भड्किलो पहिरन र मेकअपमा नहिँड्ने हो भने अलिक कम होला कि ?

धनकुमार

 

यी तीन कुरा फलो गर्नुपर्‍यो :

 महिलालाई लामा पहिरन लागाउन जोड दिने तथा उत्ताउलो फेसनमा नहिंड्न आग्रह गर्ने ।

 सरकारले महिला हिंसाको विषयमा नयाँ कानुन 

लागु गर्नुपर्‍यो ।

 महिलाप्रति पुरुषको नकारात्मक दृष्टिकोण बदल्नुपर्‍यो अनि बन्द हुन्छ कि ?

राम मगर

 

के भन्ने ? मानव पनि सर्वज्ञानी पशु न हो । कसै–कसैमा पशुवृत्ति हुन्छ, उनीहरू सार्वजनिक रूपमै आफ्नो व्यवहार देखाउँछन् अनि कोही–कोही त्योभन्दा खतरनाक हुन्छन् । कसैलाई थाहै नदिई आफ्नो हर्कत देखाउँछन् । यी सर्वज्ञानी ‘पशुहरूलाई’ रोकथाम गर्ने कुनै उपाय छैन हौ । 

रोहन राना

प्रकाशित :जेष्ठ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्