रेडियोमा यात्रा जीवनको

- साप्ताहिक संवाददाता

जेष्ठ १३, २०७५

रेडियो कान्तिपुरले जेठको पहिलो सातादेखि नयाँ कार्यक्रम ‘एभरेस्ट बैंक यात्रा जीवनको’ को  प्रसारण प्रारम्भ गरेको छ । जेठ ४ गतेदेखि प्रत्येक बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रसारण हुने यो कार्यक्रम युवा तथा गीत, संगीत र नाटक मन पराउने आम श्रोताहरूप्रति लक्षित छ । 

२६ हप्तासम्म प्रसारण हुने यो कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जन नै रहेको रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसी बताउँछन् । डिसीका अनुसार यो श्रोताहरूले पठाएका कथामा गीत तथा गीतमा कथा राखेर चलचित्रका म्युजिकल ड्रामेटिक इफेक्टहरू राखेर तयार पारिएको रमाइलो रेडियो कार्यक्रम हो । 

अम्बिका प्रधान, शुभ तथा दिनेश डिसीले यो कार्यक्रम प्रस्तुत गरिरहेका छन् । कथा छनौटमा परेका २० सहभागीहरूले उपहारसमेत प्राप्त गर्नेछन् । 

 

प्रकाशित :जेष्ठ १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्