राजाको नयाँ लुगा

  • शिल्पीमा कोरा

- साप्ताहिक संवाददाता

जेष्ठ १३, २०७५

परिवर्तन थिएटर झापाले जेठ ४–६ मा डेनिस लेखक हेन्स क्रिस्चन एन्डरसनको प्रसिद्ध कथा ‘इम्पेरियर्स न्यू क्लोथ’ को नेपाली नाट्य रूपान्तरण राजाको नयाँ लुगा नाटक मञ्चन गर्‍यो । नाटकको परिकल्पनाकार तथा निर्देशक सागर खाती हुन् । नयाँ लुगाप्रति राजाको अनौठो सौख (स्वभाव) लाई उक्त नाटकमा रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।

शिल्पीमा कोरा 

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक कोरा मञ्चन हुने भएको छ । तिब्बतीयन कवि तेन्जिङ सुन्दुको कोरा संग्रहको चारवटा कवितालाई चे शंकर रिजालले अनुवाद गरेर नाटकको रूप दिएका हुन् । उक्त कवितालाई लुनिभा तुलाधरले आँसु रचना गरेर निर्देशन गरेकी छिन् ।

जेठ १७ देखि ३१ गतेसम्म मञ्चन हुने उक्त नाटकमा तारानाथ च्वाइँ, सन्दिप श्रेष्ठ, विकास शर्मा, धिरेन लिम्बु, सुरज तमु, सुरज केसी, निर्मल साउद आदि कलाकारले अभिनय गर्नेछन् । ५० मिनेट लामो नाटक कोरा मंगलबारबाहेक हरेक दिन साँझ साढे ५ बजे मञ्चन हुनेछ भने शनिबार अतिरिक्त शो हुनेछ ।

 

प्रकाशित :जेष्ठ १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्