पृथ्वीको एकल चित्रकला प्रदर्शनी

- साप्ताहिक संवाददाता

जेष्ठ १३, २०७५

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पृथ्वी श्रेष्ठको एकल चित्रकला प्रदर्शनी भैरहेको छ ।  बिहीबार प्रारम्भ भएको उक्त प्रदर्शनी एक महिनासम्म चल्नेछ । प्रदर्शनीमा १५ वटा चित्र राखिएका छन् । श्रेष्ठको यो पाँचौ एकल चित्रकला प्रदर्शनी हो ।

उक्त प्रदर्शनीको उद्घाटन चीनका वरिष्ठ कलाकार जाहो जिन्क्वीले गरेका थिए । असार ६ गतेसम्म चल्ने यो प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ भने  शनिबार १२ बजे प्रारम्भ हुनेछ । 

 

प्रकाशित :जेष्ठ १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्