कथा पढेर नेपालमै केही गर्ने प्रेरणा मिल्यो

- साप्ताहिक संवाददाता

जेष्ठ १३, २०७५

उद्यमी, व्यवसायी नेपालीहरूका कथा पढेर नेपालमै केही गर्ने प्रेरणा मिल्यो (फ्रन्टपेज : नेपाली गौरव, नेपाली पौरख) । स्वदेशमै पनि राम्रो गर्न सकिने रहेछ । नेपालमा यसका थुप्रै उदाहरण छन् । परदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही उद्यम गरेको धेरै राम्रो ।

दुर्गा नेपाल, तेजेन्द्र काफ्ले

सुबिनजीको कथाले मेरो घाउ बल्झाउँछ भन्ने थाहा पाएको भए त्यो कथा नै पढ्दिनथेँ (युवा मन : चप्पलको कथा) । मेरो आँखा नै रसायो ।

सावित्री केसी खड्का

साप्ताहिक सुरु हुँदाताकाका रोचक अनुभवहरू पढ्न पाइयो (यात्रा सन्दर्भ : २४ वर्षे साप्ताहिक) । २४ वर्षमा पाइला टेकेकोमा साप्ताहिकलाई शुभकामना । 

प्रबिन गिरी

युवा अवस्थामै नेपाल फर्केर अरूलाई रोजगारी दिएका अमर साहको कथा प्रेरणादायक छ (अन्तर्वार्ता : नेपाल फर्कन आँट र सीप हुनुपर्छ) लुकेर बसेका कैयांै अरू अमर साहहरू छन् । तिनको कथा पनि पढ्न पाइयोस् साप्ताहिकमा । 

रूपा पोखरेल, दीपक नेपाल 

मानिसलाई संगतले पनि फरक पार्छ (मुक्त आकाश : आफूले बनाएको घेरा) । संगतले नै भोलि ऊ कस्तो बन्छ भन्ने कुरा देखाउँछ । अविरलजीको लेख मार्मिक छ ।

दिनेश रिजाल 

जिल्लाका प्रतिभाहरूलाई उजागर गर्न पूर्वाधारको विकास जरुरी छ (खेलकुद : पाल्पामा खेलकुद पूर्वाधार छैन) । सम्बन्धित निकायहरूले गम्भीर रूपमा ध्यान दिऊन् । 

सुस्मिता ज्ञवाली

काठमाडौं युनिभर्सिटी नेपालको एउटा नमुना संस्था हो (उम्दा युनिभर्सिटी) । मेहनत र लगावको फल कस्तो हुन्छ भन्ने राम्रो उदाहरण हो । 

पवन न्यौपाने

नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान बनाउन सक्छ (गोल्डस्टारको चमक) । त्यसका लागि गोल्ड स्टारले अझ राम्रो ब्रान्डिङ गर्नुपर्छ । 

विष्णु गजुरेल

नेपालमा बुद्ध एयरलाइन्सजस्ता थुप्रै अरू एयरलाइन्स आवश्यक छ (बुद्ध एयर : ९ करोडबाट १५ अर्बको यात्रा) । चाहे निजी होस् वा सरकारी स्तरबाट भरपर्दो एयरलाइन्स थपिनुपर्‍यो । 

दीपक सापकोटा 

सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको छ (अपराध : फेसबुकमार्फत युवतीमाथि निसाना) । नचिनेको व्यक्तिलाई साथी बनाउँदा दु:ख पाइन्छ । सम्बन्धित व्यक्तिलाई चिनेर मात्र कुराकानी गर्दा, सम्बन्ध राख्दा यस्ता खालका दुर्घटनाबाट जोगिन सकिन्छ । 

नितिन भण्डारी

लुइसा गुरुङलाई बधाई छ (लिटिल मिस युनिभर्समा) । यति सानो उमेरमा प्राप्त सफलता ठूलो हो । आउने दिनमा पनि यस्तै सफलता प्राप्त होस् ।

विष्णु गजुरेल

हाम्रा परम्परागत नाचको जगेर्ना आवश्यक छ (त्रिशाली मेलामा धान नाच) । यस्ता कार्यक्रमको सुरुवात हुनु राम्रो हो । 

सुनिल नेपाली 

करिश्मा मानन्धरकी छोरी कवितालाई बधाई एवं शुभकामना (आउने नै भइन् कविता) । तपाईंको अभिनय यात्रा सफल होस् ।

प्रवीना गिरी

नेपाली चलचित्रले ५१ दिन मनाउनु सुखद संकेत हो (‘शत्रुगते’ को सेलिब्रेसन) । व्यापार गर्ने मात्र होइन, सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नु अझ सकारात्मक छ ।

रमेश ठकुरी

 

 

प्रकाशित :जेष्ठ १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्