‘कुम्भ–करण’ को ट्रेलर

- साप्ताहिक संवाददाता

जेष्ठ ११, २०७५

चलचित्र ‘कुम्भ–करण’ को ट्रेलर सार्वजनिक भएको छ । आकाश पल इन्टरटेन्मेन्टको प्रस्तुति रहने कुम्भ–करणमा अभिनेत्री निशा अधिकारी शिक्षिकाका रूपमा प्रस्तुत हुँदैछिन् । यो चलचित्र प्रेम, हत्या र त्यसपछि उत्पन्न परिस्थितिमा केन्द्रित रहने निर्माण टिमले वताएको छ ।

चलचित्र कुम्भ–करणमा निशाका साथ गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल आदि कलाकारले समेत अभिनय गरेका छन् । महेश दवाडीको कथा तथा पटकथा, सुरेन बशेलको कोरियोग्राफी, गोविन्द मधुर आचार्यको संगीतको यो चलचित्र असार २२ गते प्रदर्शनमा आउने बताइएको छ ।

‘कुम्भ–करण’ को ट्रेलर 

 

 

प्रकाशित :जेष्ठ ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्