ऋचाको सुनकेशरी आजबाट

- साप्ताहिक संवाददाता

जेष्ठ ११, २०७५

निर्देशक : अर्पण थापा कलाकार : ऋचा शर्मा, सन्नी ढकाल, रवीन्द्र झा आदि संगीत : कालीप्रसाद बाँस्कोटा तथा विजय अधिकारी

आज शुक्रबारदेखी देशव्यापी प्रदर्शनमा आउने चलचित्र सुनकेशरीको अधिकांश दृश्य अस्ट्ेरलियामा खिचिएको हो । यसअघि सार्वजनिक ट्ेरलर तथा पोस्टरअनुसार यो चलचित्र निकै डरलाग्दो छ । चलचित्रकी निर्मात्री ऋचा शर्माले चलचित्र सुनकेसरी अस्ट्ेरलियास्थित सिड्नीको एउटा पुरानो दरबारमा बस्ने भूतको कथामा केन्द्रित छ ।

सुनकेशरी अस्ट्रेलियामा बस्दै आएका भीम न्यौपाने तथा अभिनेत्री ऋचा शर्माको संयुक्त लगानीमा निर्माण भएको हो । निर्देशक अर्पण थापाका अनुसार यो चलचित्रबाट दर्शकले एउटा नयाँ खालको स्वाद प्राप्त गर्नेछन् । अभिनेत्री ऋचाले चलचित्रका बारेमा सबै जानकारी दिन नमिल्ने बताए पनि उनको संकेत छ, सुनकेशरीले एउटा महत्वपुर्ण कथा बोकेको छ ।

८० मिनेट लामो यो चलचित्रमा कलाकार रवीन्द्र झाको अभिनय हेर्न लायक रहेको अभिनेत्री शर्माले बताइन् । यो चलचित्रमा ऋचा शर्मा, लाउरेन लफवर्व, सुनिल पराजुली, प्रेरणा थापा, भिम न्यौपाने, तामन्ना शर्मा, सावित्रा आचार्य, एमी पराजुली, कृष्ण तिवारी, धर्म राज अधिकारी आदि कलाकारले समेत अभिनय गरेका छन् ।

 

प्रकाशित :जेष्ठ ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्