निर्माताको छोरा चलचित्रमा

- साप्ताहिक संवाददाता

जेष्ठ १०, २०७५

चंखे शंखे पंखे, प्रेमगीत तथा प्रेमगीत–२ का निर्माता सन्तोष सेनले आफ्ना ६ वर्षीय छोरालाई लिएर नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।

‘यतिबेला चलचित्रको गीत रेकडिङको काम भैरहेको छ’, निर्माता सेनले भने, ‘६ महिनादेखि छोरा आयुव मण्डला थिएटरमा अभिनयको प्रशिक्षणमा छ, ऊ काम गर्न सक्ने भएसँगै चलचित्रको निर्माण सुरु गर्ने तयारीमा छु ।’

सेनका अनुसार आमा र छोराको कथामा आधारित उक्त चलचित्र पारिवारिक ड्रामा विधाको हुनेछ । नाम गोप्य राखिएको उक्त चलचित्रका अन्य कलाकार भने छनौट भैसकेका छैनन् ।

 

प्रकाशित :जेष्ठ १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्