फिल्म हलमा कोसेली

- साप्ताहिक संवाददाता

जेष्ठ १०, २०७५

निर्देशक : मनोज खत्री कलाकार : मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, तेजा ऐर आदि । संगीत : विकास चौधरी

निर्माण सम्पन्न भएको झन्डै एक वर्षपछि चलचित्र कोसेली आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । प्रेम, द्वन्द्व, विछोड आदि विषय समेटिएको यो चलचत्रिको प्राविधिक काम सम्पन्न गर्न समय लागेकाले प्रदर्शनमा ढिलाइ भएको निर्माण टिमले बताएको छ । अभिषेक पौडेलको सम्पादनमा तयार चलचित्र कोसेलीलाई रवि कोइराला तथा जीवन पराजुलीले खिचेका हुन् ।

कोसेलीले युवापुस्ताको प्रेम र बिछोडपछिको पीडालाई उठाएको प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाले वताए । चलचित्रका अधिकांश कलाकार नयाँ छन् । प्रोडक्सन डिजाइनर कोइरालाका अनुसार चलचित्रको छायांंकन काठमाडौंभित्रै गरिएको छ । कोसेलीले २०७२ सालमा गएको भूकम्पको प्रसंगसमेत छोएको बताइएको छ । यो चलचित्र निर्माणमा ४० लाखजति खर्च गरिएको छ ।

 

प्रकाशित :जेष्ठ १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्