जय शम्भुको पहिलो अनुहार

- साप्ताहिक संवाददाता

जेष्ठ १०, २०७५

चलचित्र ‘जय शम्भु’को पहिलो पोष्टर सार्वजनिक भएको छ । यो चलचित्रका २ पोष्टर एकै पटक सार्वजनिक भएका छन् । 

प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्रको सार्वजनिक पोष्टरमा तिनै कलाकारलाई प्रस्तुत गरिएको छ । 

एक्शन लभस्टोरी भनिएको यो चलचित्र ठूलो बजेटमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । भाद्र १ गतेबाट प्रदर्शनको प्रचारमा रहेको यो चलचित्र राजधानीमा बिके फिल्मस्का गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् । 

 

प्रकाशित :जेष्ठ १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्