परिवार नियोजनको कुन साधन प्रभावकारी

- डा.बालकृष्ण शाह

जेष्ठ ९, २०७५

 

म ३८ वर्षीया जागिरे महिला हुँ  । हाम्रा दुई सन्तान छन् । हामीलाई सन्तानको रहर पुगिसकेको छ । अब हामी परिवार नियोजनका साधन प्रयोग गर्न चाहन्छौं, तर अप्रेसनबाट दुवै जना डराउँछौं । मलाई उच्च रक्तचापको समस्या पनि छ । अब हामीले कुन साधन अपनाउनु उपयुक्त हुन्छ ?

                                                                                                                - एस.

सन्तानको रहर पुगिसकेका दम्पतीले परिवार नियोजनको चाहना राख्नु स्वभाविक हो । तपार्इंको उमेर ३८ वर्ष मात्र भएकाले अझै परिवार नियोजनका साधन आवश्यक देखिन्छ भने सन्तान पुगि नै सकेकाले स्थायी साधन अर्थात् बन्ध्याकरण गर्नु नै उपयुक्त हुन्छ । 

तपाईंका श्रीमानले भ्यासेक्टोमी वा तपाईंले मिनिल्याप गर्न सक्नुहुन्छ, यो ठूलो अप्रेसन होइन, त्यसैले डराउनु पर्दैन । त्यस्तै तपाईले पाठेघरमा राखिने कपर टी पनि प्रयोग गर्न सक्नुहुन्छ, यसले १२ वर्षसम्म प्रभावकारी ढंगले काम गर्ने भएकाले तपाईंका लागि उपयुक्त हुन सक्छ । 

तपाईंले अन्य साधनहरू जस्तै इन्प्लान्ट (ज्याडेल) तथा डिपो पनि प्रयोग गर्न सक्नुहुन्छ । उच्च रक्तचापको समस्या भएकाले पिल्स (खानेचक्की) प्रयोग नगरेकै राम्रो मानिन्छ । परिवार नियाजनसम्बन्धी प्रत्यक्ष परामर्श लिएर यी मध्ये कुनै साधन रोज्नु बढी उपयुक्त हुनसक्छ । 

                                                                           स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

                                                                             मोरङ सहकारी अस्पताल

प्रकाशित :जेष्ठ ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्