आउने नै भइन् कविता
जेष्ठ ९, २०७५
अन्तत: करिश्मा मानन्धर तथा बिनोद मानन्धर पुत्री कविता मानन्धरले नेपाली चलचित्रमा डेब्यु गर्ने भएकी छिन् । करिश्माले अमेरिका रिर्टन आफ्नी छोरीलाई अभिनेता शिव श्रेष्ठको चलचित्र ‘यस्तो एउटा प्रेम कहानी’ मार्फत रजतपटमा ल्याउने निर्णय गरेकी हुन् ।
दीपेश सापकोटाले निर्देशन गर्ने उक्त चलचित्रमा करिश्मासंगै शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ पनि अभिनेताका रूपमा पदार्पण हुँदैछन् ।
त्यसो त यसअघि करिश्माले छोरी कवितालाई आफ्नै ब्यानरको चलचित्रबाट डेब्यु गराउने योजना बनाएकी थिइन् । अघिल्लो वर्ष मात्र अध्ययन पूरा गरेर अमेरिकाबाट स्वदेश फर्किएकी कविताले पनि अब चलचित्रमै करियर बनाउने निर्णय गरिसकेको बताइन्छ ।
प्रकाशित :जेष्ठ ९, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्