ध्याननै तिमीमा

- साप्ताहिक संवाददाता

जेष्ठ ८, २०७५

चलचित्र ‘अमेरिका बोइज’को नयाँ गीत सार्वजनिक भएको छ । जयन जे बाइवाको सङ्गीतमा जयन जे बाइवा, रोशन थापा र सुरज सिंह ठकुरीको स्वर रहेको चलचित्रको ओएसटी गीत सार्वजनिक भएको हो । 

प्रवेश पौडेलले निर्देशन गरेको यो चलचित्रमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष् प्रसाई, श्रीस्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले लगानी गरेका छन् । 

 

प्रकाशित :जेष्ठ ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्