तपाईं साप्ताहिकलाई अब कस्तो स्वरूपमा हेर्न चाहनुहुन्छ ?

- साप्ताहिक संवाददाता

जेष्ठ ७, २०७५

 

जो चर्चित छन्, उनीहरू चर्चित छँदैछन् । जसले स्थान नपाएर पछि पर्नुभएको छ, त्यस्ता प्रतिभालाई पनि स्थान दिनुपर्छ । गरिब, दु:खीहरूलाई पनि अवसर दिनुपर्छ । हामीजस्ता पिछडिएकाहरूको आवाजले ठाउँ पाउन सके राम्रो हुन्छ ।

समर्पण सन्देश

मोडल, सेलिब्रेटी तथा चर्चित व्यक्तिहरूलाई मात्र स्थान दिने होइन कि गरिब, दु:खीहरूको कथा पनि समावेश गर्नुपर्‍यो । वैदेशिक रोजगारबाट स्वदेश फर्केर आफ्नै देशमा केही गर्दै आएका व्यक्तित्वहरू जो गुमनाम छन्, उनीहरूका कथा–कहानीलाई पनि स्थान दिनुहोला ।

पवन खत्री

ठीक छ, अलि उत्प्रेरणा जगाउने खालका प्रेरणादायी तथा ज्ञानवद्र्धक विषयवस्तु समेटिदिए पुग्छ ।

झपेन्द्र ढुंगाना

नयाँ–नयाँ स्तम्भहरूका साथमा आउनुहोस् ।

पवन अधिकारी

विदेशबाट फर्किएर आएका नेपालीहरूका बारेमा पनि कुनै स्तम्भ सुरु गर्नुपर्‍यो । 

शंकर सुवेदी

राम्रो छ । अझ राम्रो गर्नुहोला । 

देउपाल उप्रेती

सबै राम्रै छ । त्यसमाथि स्वास्थ्यसम्बन्धी जानकारी अझ बढी भए उपयोगी हुने थियो ।

विशाल भट्टराई

समाज र समय सान्दर्भिक हुनुपर्‍यो । 

अर्जुन अधिकारी

अरू पत्रिकाहरू जस्तो उत्ताउलो नहोस् । 

मुकेश राई

साप्ताहिकमा यस्ता लेखहरू आउन् जसले मानिसहरूको मानसपटलमा सकारात्मक काम गर्ने उत्प्रेरणा जगाओस्, सकारात्मक सोचको विकास गरोस् । 

कृष्णराज श्रेष्ठ

मध्य पृष्ठलाई पहिलो पृष्ठमै ल्याउनुपर्‍यो । 

हरिराम

अझ उच्च स्तरको पत्रिका बनोस् । 

प्रमिता लिम्बू

अझ हट् मोडलहरूको तस्बिर प्रकाशित होस् । 

सुमन चापागाईं

मध्यपृष्ठ अझै थप्नुपर्‍यो । 

सेन्चुरी 

युवाहरूका लागि पठनीय सामग्रीहरू प्रकाशन हुनुपर्‍यो । 

विकल्प अधिकारी

परदेशमा बस्ने नेपालीहरूका सुख–दु:खलाई निरन्तर स्थान दिनुपर्‍यो । 

प्रकाश

साप्ताहिक अब दैनिक प्रकाशन हुनुपर्‍यो । 

करिष्मा ढकाल

मैले साप्ताहिकलाई पञ्चामृतका रूपमा ग्रहण गर्न खोजेको छु । 

पंकज

अझै नयाँ स्वरूपमा आओस् । समय सान्दर्भिक सामग्रीहरू प्रकाशित हुन् ।

निर्मल भण्डारी

संसार हल्लाएका व्यक्तिहरूका बारेमा जानकारी दिनुहोस् । 

नारद थुलुङ

प्रेरणादायक व्यक्तिहरूका कथा पढ्न पाइयोस् ।

जुनिता काफ्ले

विश्व घटना तथा रोचक घटनाहरूलाई पनि स्थान दिइयोस् ।

झपेन्द्र खड्का

अहिलेसम्म बजारमा जुन रूपमा आएको छ, मलाई त्यो नै सही लाग्छ । 

कैलाश 

मलाई राम्रै लाग्छ ।

गणेश शाही

प्रकाशित :जेष्ठ ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्