जिरो फिगरको भूत

- एजेन्सी

जेष्ठ ६, २०७५

करिना कपुर आफ्नो स्वास्थ्यका सम्बन्धमा गम्भीर छिन् । खानपानदेखि व्यायामसम्मका कामलाई उनी निकै महत्त्व दिन्छिन् । अभिनयमा एक खालको जादु छर्ने भएकाले मात्र होइन, उनको शरीर देखेर लोभिनेहरू पनि धेरै थिए, तर जब सैफसँग उनको विवाह भयो र तैमुर जन्मियो, त्यसपछि करिनाको मोटोपन बढ्दै गयो । 

यद्यपि करिनाले शिशु जन्मिएको छोटो समयमै आफूलाई उही आकारमा ल्याएकी छिन । अधिकांश महिलालाई सन्तान जन्माएपछि पहिलेकै आकारमा आउन निकै गाह्रो हुन्छ, तर करिना त्यसमा अपवाद सावित भएकी छिन् । पछिल्लो एक तस्बिरअनुसार करिना जिरो फिगरमा फर्किएकी छिन् । 

कतिपयले त यसको चर्को आलोचनासमेत गरेका छन् । कतिपय प्रशंसकले करिनाको यो शैलीको मजाकसमेत उडाएका छन् । करिनालाई किन एकाएक जिरो फिगरको भूत चढ्या होला खै !

प्रकाशित :जेष्ठ ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्