रोजीमा हत्यारा प्रदीप खड्का

- साप्ताहिक संवाददाता

जेष्ठ ५, २०७५

चलचित्र रोजीको निर्माण कार्य सुरु भएको छ । गोपीकृष्ण मुभिजका लागि उद्धव पौड्यालको प्रस्तुती रहने यो चलचित्र गत साताबाट फ्लोरमा गएको हो । 

चलचित्रको मुहुर्तमा अभिनेता प्रदीप खड्का लामो कपाल, दाह्री र हातमा हत्कडी लगाएर अदालतको कठघरामा उपस्थीत भए । जसलाई आफ्नै प्रेमिका रोजी राणाको हत्या गरेको आरोप लागेको छ । 

निरक पौडेलको निर्देशन रहने चलचित्रको कथा अनुप सापकोटाले लेखका हुन् भने पटकथा तथा सम्वाद केदार भुषालले तयार पारेका छन् । राजु विक्रम थापाको छायाँकन, अर्जुन पोखरेल र एलिस कार्कीको संगीत रहने चलचित्रका लागि दयाराम पाण्डेले गीत लेखेका छन् । 

गोपीकृष्ण मुभिजसंग आरोही इन्टरटेनमेन्ट एसोसिएट भएर रोजी निर्माण गर्दैछ । चलचित्रमा कर्मा, कृष्ण सिवाकोटी, प्रकाश श्रेष्ठ, प्रदीप दाहाल लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । 

                                       

 

प्रकाशित :जेष्ठ ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्