यस्तो पो मित्रता

- साप्ताहिक संवाददाता

जेष्ठ ५, २०७५

अभिनेत्री प्रियंका कार्कीसंग प्रेम सम्बन्धमा गाँसिनुअघि अभिनेता आयुष्मान देशराज जोशीको नाम अभिनेत्री परमिता आरएल राणासँग जोडिएको थियो । यद्यपि चलचित्र कथा काठमाडौंको छायांकनलगत्तै आयुष्मानसंग प्रियंकाको नाम जोडियो । आज आयुष्मान र प्रियंका प्रेमि–प्रेमिकाका रूपमा चिनिन्छन् । प्रियंकासंग आयुष्मानको सम्बन्ध सुमधुर भएपछि परमिता एक्लिइन् ।

अहिले आएर परमिताले पनि प्रेमी फेला पारेकी छिन्— हिसी लोसाङका रुपमा । परमिता आफैंले केही साताअघि इन्स्टाग्राममा आफ्ना प्रेमीको तस्बिर अपलोड गरिन् । रमाइलो कुरा के छ भने उक्त तस्बिरमा प्रियंका कार्कीले कमेन्ट गर्दै मायाको भाषा बोल्ने पानको पातको स्टिकर पोस्ट गर्दै बधाई दिइन् ।

प्रियंकाको बधाईमा परमिताले पनि पानको पात नै पोस्ट गरिन् । प्रियंका, परमिता तथा आयुष्मानले हालसालै एउटा चलचित्रमा सँगै अभिनय गरेका छन् । चलचित्र चंगा चेटको छायांकनका क्रममा उनीहरूबीच मित्रवत् व्यवहार देखिएको छायांकन युनिटका सदस्यहरू बताउँछन् । 

प्रकाशित :जेष्ठ ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्