कसैको संरक्षणबिना गोरे यो स्थानमा आइपुग्दैनथे

- साप्ताहिक संवाददाता

जेष्ठ ५, २०७५

 

प्रहरीका उच्च अधिकारी, व्यापारी तथा नेताहरूसँग साँठगाँठ नभै गोरे यो अवस्थासम्म आइपुग्दैनथे (फ्रन्टपेज : सुरा, सुन्दरी र सुन) । कसैको संरक्षणबिना यस्तो धन्दा चलाउन असम्भव छ । 

सुशान्त कार्की

विदेश जाने भिसा लगाउन पनि विदेश नै पुग्नुपर्ने हाम्रो नियति छ (सपना, पोल्यान्ड र दिल्ली) । प्रदीपजीले आमनेपाली युवाको कथा बुन्नुभएको छ । मार्मिक अनुभूतिले मन छोयो ।

वसन्त विवस

अधिकांश नेपालीको समस्या यस्तै हो (मंगल होस् : हाँसोको मुहान खोज्दै जाँदा) । ऋण लिएर विदेश गए पछि ब्याज तिर्दै ठिक्क हुन्छ । नेपालमा रोजगारी सिर्जना नभएसम्म नेपालीहरूले यस्ता क्षण भोगिरहनुपर्नेछ । 

भूपेन्द्र गेलाल

नेपालका सुन्दर पदयात्रा गन्तव्यसम्बन्धी समाचार पढेपछि लामो बिदा लिएर घुम्न जाऊँ–जाऊँ जस्तो भयो (घुमघाम : पदयात्राको रोमाञ्च) । नेपालमा घुम्नलायक सुन्दर ठाउँ धेरै छन् । 

सन्जय पौडेल

हामी सबैको चाहना नै यही हो (मुक्त आकाश : हामी एक हुनैपर्छ) । देश बनेपछि हामी सबै अवश्य बन्छौं । हाम्रो ऊर्जा, समय र शक्ति देश बनाउन लाग्नुपर्छ । 

भानु जोशी

सुन्तलाका लागि धनकुटा जति प्रख्यात छ, त्यसरी नै अरू ठाउँ पनि कुनै न कुनै कुराका लागि प्रख्यात छन् (धनकुटामा ओरेन्ज सिटीको अवधारणा) । कुनै उत्पादन र विशेष कुराका लागि परिचित ठाउँहरूको यसरी नै प्रवद्र्धन गर्नुपर्छ । 

प्रकाश अधिकारी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित कर्मा छिरिङ शेर्पालाई बधाई (पाँच प्रश्न) । तपाईंको कार्यकाल सफल होस् । 

दिपक श्रेष्ठ

हत्यामा संलग्न व्यक्तिहरूले कुनै पनि हालतमा उन्मुक्ति नपाऊन् (अपराध : सनमलाई रुखमा बाँधेर गोरेले....) तस्करीको जालो जतिसुकै ठूलो भए पनि तोड्नैपर्छ 

ताकि तस्करीमा लाग्नेहरू हतोत्साहित हुन् । 

जीवन रावत 

बलिउडका चर्चित सेलिब्रिटीहरू नेपाल आउनु राम्रो हो (अन्तर्वार्ता : नेपालको अविस्मरणिय यात्रा गर्न मन छ) । नेपाललाई चिनाउन यस्ता कार्यक्रमले मद्दत पुर्‍याउँछन् । 

शोभित बानियाँ

यो त राम्रो नमुना हो (यस्तो पो मित्रता) । औपचारिक सम्बन्ध छुटे पनि मित्रता कायम राख्न सक्नु ठूलो कुरा हो । 

विवेक ज्ञवाली 

रिमालाई सबै कुराले साथ दिएको छ (अमेरिकामा रिमा) । यही क्षेत्रलाई निरन्तरता दिने हो भने उनी पक्कै सफल हुनेछिन् ।

अमित पोखरेल 

अञ्जु र प्रमोद दुवैलाई बधाई छ (नेपाल म्युजिक एवार्डमा अञ्जु र प्रमोद उत्कृष्ट) । श्रोताहरूको मनमा बस्न सफल गीतहरू दिनुहोला । 

आदर्श दंगाल 

अशोकजस्ता प्रतिभालाई स्कुलले नि:शुल्क शिक्षा दिने जुन निर्णय गर्‍यो, त्यो प्रशंसनीय छ (रातारात हिट अशोक) । यस्ता प्रतिभालाई सबैले सहयोग गर्नुपर्छ । 

आनन्द अधिकारी

सुगमको सांगीतिक यात्रा सफल होस् (सांगीतिक यात्रामा सुगम) । परदेशमा रहेका नेपालीहरूको सांगीतिक तिर्सना मेट्ने प्रयास गर्नुहोला । 

तिलक प्रसाँइ

यो डिभाइस काम लाग्ने खालको रहेछ (हार्ट एट्याकको पूर्वजानकारी दिने डिभाइस) । चाँडै बजारमा आओस् । 

अमिर शर्मा

प्रकाशित :जेष्ठ ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्