आस्थाले पोखरा घन्काउने

- साप्ताहिक संवाददाता

जेष्ठ ४, २०७५

गायिका आस्था राउतको प्रस्तुतिमा भोलि जेठ ५ गते पोखरा घन्कने भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहल गैह्रापाटनमा हुने कार्यक्रममा आस्थाले आफ्ना चर्चित गीतहरू सुनाउँदै मनोरञ्जन प्रदान गर्ने छिन् ।

माछापुच्छ्रे एफएमद्वारा आयोजित उक्त कार्यक्रममा पोखरेली ब्यान्ड लेकालीको प्रस्तुति समेत समेटिनेछ । कार्यक्रमको थप आकर्षणमा पोखरेली साहित्यकारका कविता, गजल तथा मुक्तक पनि हुनेछन् । दिउँसो १ बजे प्रारम्भ हुने यो कार्यक्रमको प्रवेश नि:शुल्क छ । 

 

सुन्टोल–कात्तिके–नगरकोट

भोलि शनिबार फुर्सदमा हुनुहुन्छ भने हाइकिङ गएर समयको सदुपयोग गर्न सक्नुहुन्छ । हाइक फर नेपालले भोलि आयोजना गर्ने यो हाइकिङसम्बन्धी थप जानकारी हाइक फर नेपालको फेसबुक पेजबाट लिन सकिन्छ भने पानी, खाजा आदि आवश्यक सामग्रीहरू आफैंले बोक्नुपर्नेछ । यो हाइकिङमा पहिलो पटक सहभागी हुनेहरूले ९ सय ५० तिर्नुपर्छ, जसबापत हाइक फर नेपालको लोगो अंकित एउटा टिसर्ट उपलब्ध हुन्छ । 

भेट्ने स्थान : भृकुटीमण्डप प्रदर्शनी हल कम्प्लेक्स

प्रस्थान गर्ने समय : बिहान ७ बजे 

रुट : सुन्टोल–कात्तिके–नगरकोट सर्किट

मूल्य : नयाँलाई ९ सय ५० तथा पुरानालाई ४ सय ५० रुपैयाँ 

प्रकाशित :जेष्ठ ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्