फिल्म हलमा हैरान

- साप्ताहिक संवाददाता

जेष्ठ ४, २०७५

निर्देशक : सौगात विष्ट कलाकार : सरोज खनाल, गजित विष्ट, बुद्धि तामाङ, सत्यराज आचार्य, निष्मा घिमिरे आदि । 

संगीत : स्वरूपराज आचार्य, सन्तोष श्रेष्ठ तथा राजन 

हास्यप्रधान चलचित्र हैरान आजदेखि देशभर प्रदर्शनमा आउँदैछ । सिनेघरमा यसअघि चारवटासम्म नेपाली चलचित्र जुधे पनि हैरान भने भाग्यमानी चलचित्र हो, जोसँग अन्य नेपाली चलचित्र जुध्न आएका छैनन् ।

कान्छा निर्देशक १२ वर्षीय सौगात विष्टले निर्देशन गरेको यो चलचित्रको ट्ेरलरअनुसार चलचित्रले दर्शकलाई राम्रैसँग हँसाउने अनुमान गर्न सकिन्छ । यसअघि लभ यू बाबा निर्देशन गरेका विष्टको यो चलचित्र अघिल्लो वर्षको भदौदेखि छायांकनमा गएको थियो ।

निर्देशक विष्टका अनुसार यो चलचित्र कमेडीसँगै एक्सन, थ्रिलर र क्राइमको वरिपरि घुमेको छ । उनका अनुसार चलचित्रका सबै कलाकारको अभिनय हेर्न लायक छ । काठमाडौं, धुलिखेल, कोसी ब्यारेक आदि ठाउँमा खिचिएको चलचित्र हैरानमा धेरै विषयलाई एकमुस्ट प्रस्तुत गरिएको निर्देशक विष्ट बताउँछन् ।

 

प्रकाशित :जेष्ठ ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्