पोखरामा बितेका कुरा

- साप्ताहिक संवाददाता

जेष्ठ ३, २०७५

पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बितेका कुरा’ आज शुक्रबारदेखि मञ्चन हुँदैछ ।

यो नाटकमा पुराना रंगकर्मी प्रकट पंगेनी शिवसहित दिलप्रसाद गुरुङ, धुव पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना शिर्पाली, शरद भण्डारी, सौर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिमिल्सिना तथा सिमरन पौडेलले अभिनय गर्दैछन् ।

एक घण्टा लामो नाटक बितेका कुरा जेठ १९ गतेसम्म मञ्चन हुने बताइएको छ ।

सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने यो नाटकको अतिरिक्त सो शनिबार दिउँसो १ बजे हुनेछ । रूपनारायण सिँंहले लेखेको यो नाटकलाई पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले निर्देशन गर्दैछन् । 

 

प्रकाशित :जेष्ठ ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्