बादी समुदायको कथा टिजरमा

- साप्ताहिक संवाददाता

जेष्ठ २, २०७५

 

चलचित्र ‘पण्डित बजेको लौरी’को टिजर सार्वजनिक भएको छ । बादी समुदायको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रको टिजरमा एउटै गाउँका बादी परिवार र पण्डित्याइ गर्ने परिवार बिचको सम्बन्धलाई देखाउने प्रयास गरिएको छ । 

टिजरमा विजय बराल र सन्ध्या केसी बादी र बदिनीको भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा पण्डितको रूपमा प्रवीण खतिवडा देखिएका छन् , जसको सम्बन्ध सन्ध्या(बदिनी)सँग रहेको हुन्छ । रोल्पा रोग चलचित्र निर्देशन गरेका दीपक ओलीको निर्देशनमा बनेको चलचित्रको टिजरमा सम्पूर्ण कलाकारलाई फिचर गरिएको छ । 

अधृत फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा प्रवीण, सन्ध्या र विजयका साथमा भोलाराज सापकोटा, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, लोकेन्द्र विक, विशाल पहारी, कुलदिप अधिकारी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

‘पण्डित बजेको लौरी’को टिजर :

प्रकाशित :जेष्ठ २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्