निराजन बल्ल ठूलो पर्दामा
जेष्ठ २, २०७५
निराजन प्रधान म्युजिक भिडियोका स्टार हुन् । उनले अभिनय गरेका दर्जनौं म्युजिक भिडियो दर्शकले मन पराएका छन् । नेपाली चलचित्रका प्राय: सबै समकालीन अभिनेत्रीसँग म्युजिक भिडियोमा अनस्क्रिन रोमान्स गरिसकेका निराजनले ठूलो पर्दामा भने पदार्पण गर्ने मौका भने पाएका थिएनन् ।
यद्यपि निराजनलाई निर्मात्री कृषा चौलागाईंले आफूले निर्देशन गर्ने पहिलो चलचित्रका लागि पनि अनुबन्ध गरिसकेकी छिन् भने अघिल्लो साता घोषणा गरिएको चलचित्र प्रेमालयमा पनि निराजनले अभिनय गर्ने पक्का भएको छ ।
प्रेमकथामा आधारित उक्त चलचित्रमा निराजनले अभिनेत्री मरिष्का पोखरेलसंग अनस्क्रिन रोमान्स गर्नेछन् । चलचित्रको छायांकन नेपाल लगायत अष्ट्ेरलियामा समेत हुनेछ । राम्रो चलचित्रको स्क्रिप्ट कुर्दा–कुर्दै डेब्यू गर्न समय लागेको हो, उत्साहित निराजन भन्दै थिए– बल्ल त्यस्तो स्क्रिप्ट मेरो हातमा आउन थालेको छ ।
प्रकाशित :जेष्ठ २, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्